पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २४ भन्दा वढी घाइते भएका छन् । बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान साढे १० बजे ठोक्किएको थियो । घटना दुवै सवारी साधनका सवारी चालकको गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने वस भएको कारणले दुर्घटना घाईते हुने वढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताउनुुभयो ।
बसको क्याबिनमा बसेका र दुवै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताउनुुभयो । केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ । सामान्य चोट रहेकालाई स्थानीय बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ ।

0Shares