माधव बेल्बासे
चन्द्रौटा,९ वैशाख
कपिलवस्तुको शिवराज नगरपालिकाका १२२ जना कृषकलाई कृषि सामाग्री बितरण गरिएको छ । नगरको वडा न ११ का उनीहरुलाई विहिवार उक्त सामाग्री हस्तानतरण गरिएको हो । ४० जना कृषकलाई चारा मेसिन,६४ जनालाई स्प्रे टंकि,१८ जनालाई मोटर बितरण गरिएको वडा अध्यक्ष रामेश्वर बर्माले बताउनु भयो । कृषकहरुलाई सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको उहाँले बताउनुुभयो ।
किसानहरुका समस्याहरुलाई मध्यनजर गरि वार्षिक कार्यक्रममा नै कृषकलाई प्राथमिकता दिएर कार्यक्रमहरु निर्माण गरिएको बर्माले बताउनुुभयो । वडाको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत लगानीमा उक्त सामाग्रीहरु वितरण गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चौधरीले बताउनुुभयो । वडाले कृषकहरुका लागि सामाग्री बितरण गर्न भनि ७ लाख बजेट बिनियोजन गरेको थियो । कृषि सामाग्री पाएपछि किसानहरु खुसि भएका छन् ।

0Shares