Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गर्भवती महिला : ‘घर–घरमा झन्डा, हात–हातमा अण्डा’

माधव बेल्बासे
चन्द्रौटा,९ वैशाख

गर्भावस्थाको जोखिम न्यूूनीकरण र पोषण सुधारका लागि शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान सुरु गरेको छ । शिवराज नगरपालिका वडा १ शिवपुर वाट गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत गर्भवतीको घरघरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो । वडामा रहेका ८० जना गर्भवती महिलाहरुलाई एक–एक क्यारेट अण्डा र घरमा राख्नको लागि हरियो झन्डा प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
गर्भवती महिलाहरुको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन् भन्ने उद्देश्यले झन्डा राखिएको हो,थारुले भन्नुभयो,‘घरमा राखेको झन्डाको आधारमा महिला स्वास्थ्य स्वंयमसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ।’ नगरले गर्भवती महिला र सुत्केरी महिलाहरुका लागि पोसिलो खानेकुरा सहित घरभेट कार्यक्रम समेत संचालन गर्ने उपप्रमुुख थारुले बताउनुुभयो । गत वर्ष पनि सुनौला हजार दिनका महिलाहरुलाई घरघरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकोले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनुुभयो । नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम संचालन गर्ने तयारी गरेको थारुले बताउनुुभयो । बहुुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत शिवराज नगरपालिकाका ११ वटै वडाका हजार दिन भित्रका महिलाहरुको स्वास्थ्य अवस्था,जाँच,पोषण,स्याहार जस्ता कामहरु भइरहेको बताउनुभयो ।


गर्भवती महिलाहरुलाई लक्षित गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारीमा रहेको उहाँले बताउनुुभयो । निम्न वर्गका महिलाहरु लाई सुत्केरी गराउन रिफर गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्था सहित एम्बुलेन्स संचालन हुने बताउँनुुभयो । वालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न कामहरु गरेको वडा अध्यक्ष जगत जिसीले बताउनुुभयो । वडामा घरमा प्रसुती गराउनेको सख्या शून्य रहेको बताउँदै अब गर्भवति महिला तथा सुत्केरी महिलाको खानपान रहनसहनमा ध्यान दिन आवश्यक हरेको बताउनुुभयो । स्वेयमसेविकाहरुलाई प्रत्येक गर्भवती महिलाको अवस्था बुुभm्न खटाएको भन्दै समस्या भएको ठाउँमा वडाले सहयोग गर्ने जिसीले बताउनुुभयो ।
शिवराज नगरपालिका वडा १ ले गर्भवती महिलाहरुका लागि स्वास्थ्य जाँच तथा स्वास्थ्य स्याहार तालिम समेत प्रदान गरेको वडा सदस्य लक्ष्मी हमालले बताउनुुभयो । महिला स्वास्थ्य स्वेयमसेविका समेत रहनुुभएकी हमालले वडा कार्यालय महिला र त्यसमा पनि गर्भवती तथा सुत्केरी महिलाहरुप्रति जिम्मेवार रहेको बताउनुुभयो । अझै पनि चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले गर्भवती महिला लागि गर्भ जाँच,तथा स्वास्थ्य स्याहार तालिम संचालन गरिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma