Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगर गाउँपालिका पूर्ण खोप घोषणा (फोटो फिचर)


दिपक के.सी.
कपिलवस्तु बैशाख १०


विजयनगरको सान पूर्ण खोप गाउँपालिका हाम्रो अभियान, हाम्रो प्रतिवद्धता गुणस्तरिय खोपको सुनिश्चितता भन्ने नारा सहित कपिलवस्तुको विजयनगर गाउँपालिकालाई एक कार्यक्रमका विच पूर्ण खोप घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।


गाउँपालिका पूर्ण खोप हुनु राम्रो पक्ष रहेको बताउदै यसको दिगोपनाका लागी चुनौति थपिएको लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । कपिलवस्तु जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणाका लागि गाउँपालिकाले देखाएको तत्परता र सफलता सराहनिय भएको बताउनु भयो । पूर्ण खोपका लागी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका महिला स्वयसेविकाहरुको भूमिका प्रशसनिय रहेको समेत प्रदेश सभा सदस्य के.सी.ले बताउनु भयो ।पूर्ण खोप निकै जटिल र अप्ठ्यारो अभियान लाई सफल बनाएकोमा गाउँपालिकालाई धन्यवाद समेत दिनु भयो ।
विजयनगर गाउँपालिका सहित जिल्लाका ६ वटा पालिकाहरु पूर्ण खोप घोषणा भइसकेको जिल्ला समन्वय समिति सभापति नारायण ज्ञवालीले बताउनु भयो । पूर्ण खोप घोषणामा मात्रै सिमित नराखेर यसलाई निरन्तता दिदै दिगोपना कायम गर्नु पर्नेमा जोड दिनु भयो । जिल्लामा बाँकी रहेका कपिलवस्तु,कृष्णनगर, महाराजगंज र यशोधारा पालिकालाई पनि बैशाख महिना भित्र नै पूर्ण खोप घोषणा गर्ने तयारी रहेको उहाँले बताउनु भयो । कुनै पनि बालबालिका खोपबाट बन्चित हुन नहुने र त्यसको लागी महिला स्वयसेविकाले निभाउने भूमिका सेवा मात्रै नभएर पुण्यको काम भएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।


गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै सफल नहुने भन्दै यसको दिगोपनाका लागी सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । पूर्ण खोप अभियानलाई सफल पार्न “खोज र खोप”को अभियान सफल पार्न घरदैलो पुग्ने स्वास्थ्य स्वंयसेविकाहरुलाई अध्यक्ष थापाले धन्यवाद दिनु भयो । पूर्ण खोपको दिगोपनाका लागी अझै स्वास्थ्य कर्मि र स्वयसेविकाहरुको अहम भूमिका रहने हुदाँ सरोकारवाला सबैले साथ दिनु पर्ने बताउनु भयो ।


गाउँपालिकामा रहेका १६ महिना देखि २३ महिना सम्मका ६६९ बालबालिकालाई सबै खोप लगाई सकेपछि पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो । माघ महिना देखि “खोज र खोप” अभियान सुरु गरि बैशाखमा पूर्ण खोप घोषणा गर्न सफल भएको भट्टराईले बताउनु भयो । खोपको दिगो पनाका लागी जिल्ला स्वास्थ्य कार्यालयले समेत ध्यान दिनु पर्ने वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले बताउनु भयो । स्वास्थ्य कार्यालयले भ्याक्सीन र सिरिज बराबर मात्रामा नपठाइ दिदा स्वास्थ्य कर्मिलाई गाहे हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उप प्रमुख लक्ष्मि चौधरी, जिल्ला खोप अधिकृत चिन्तामणी घिमिरे, फेयर मेड स्वास्थ्य अधिकृत तुल्सी खनाल, युनिसेफ नेपालका नविन सुवेदी लगायतले शुभकामना दिनु भएको थियो । घोषणा कार्यक्रममा गाउँपालिकाका ६७ जना स्वास्थ्य स्वयसेविका र पालिकाका स्वास्थ्य कर्मिलाई सम्मान पत्रबाट सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma