Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा कोरोना : १२ जनाको परिक्षण गर्दा विद्यार्थी सहित १० जना सक्रमित

शिबराज नगरपालिकामा कोराना दोस्रो लहर भयावह बन्दै गएको छ । अवस्था जटिल आएपनि नगरपालिकाले कुनै निर्णय लिन सकेको छैन । पछिल्लो पटक १२ जनाको कोरोना परिक्षण गर्दा १० जनाको पोजेटिभ आएको स्वास्थ शाखा प्रमुख चुडामणि भट्टराईले बताउनु भएको छ । शिवराज नगरपालिका २ का एक जना वडा न ५ का ६ जना वडा न ६ का ३ जनामा रहेका छन्
१० जना मध्ये दुई जना विद्यार्थी रहेका छन् । एक विद्यार्थी नेपाल आर्दश शिवपुर र अर्का एक चन्द्रौटामा रहेको मदल्याण्ड एकेडेमीमा अध्यानरत छन् । कोरोना लक्षण देखिएका र पोजिटिभ भएकाहरुको स्वास्थ समस्या गम्भीर देखिएको भट्टराईले बताउनु भयो । बिधालय तत्काल बन्द गर्न शिबराज शिक्षा शाखालाइ अनुरोध गरेको उहाले बताउनु भयो । अब बिधालय बन्द गर्नुको बिकल्प छैन । अब पनि कुनै ठोस निर्णय नलिने हो भने अवस्था भयावह हुने उहाले बताउनु भयो । पछिल्लो केही दिन यता बिरामिको चाप बढेको सन्जिवनी सामुदायिक अस्पतालले जनाएको छ । हिजो मात्रै ५० जना ज्वोरोका बिरामी आएको अस्पतालका डा. घनश्याम पाण्डेले बताउनु भयो ।
नगरको शिवराज नगरपालिका १ शिवपुरमा आज आईतवार हाट बजार लागेको छ । नगरका सबै विद्यालयहरु चलेका छन भने बजारमा व्यापक भिडाभाड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma