Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

टिकुली सामुदायिक बनमा आगलागी ।।


कपिलवस्तुको शिबराज नगरपालिका वडा न १ मा रहेको टिकुली सामुदायिक बनमा आगलागी भएको छ । बिहिबार दिउँसो करिब ४ बजे तिर आगो लागेको हो ।
सामुदायिक बनको करिब १० हेक्टर क्षेत्रफलमा आगलागी भएको सामुदायिक बन महासघ प्रदेश सदस्य राम बहादुर केसिले जानकारी दिनु भयो । केसि का अनुसार दिउँसो लागेको आगो वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलि , सामुदायिक बनका उपभोक्ता , स्थानीय लगाएत साझ ६ः३० बजे नियन्त्रणमा लिएको बताउनु भयो ।
गर्मी मौसम र हावाहुरी बढी चलेको कारण बनमा आगलागी भएको सामुदायिक बन महासघका प्रदेश सदस्य तथा मनकामना सामुदायिक बनका अध्यक्ष राम बहादुर के सि बताउनु भयो । गर्मी मौसम रहेकोले बन क्षेत्रमा अग्नि जन्य बस्तु लिएर नजान र बन आगलागी भएको देखे तुरुन्तै नजिकको प्रहरीलाई खबर गर्न समेत के सिले अग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma