Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुको एक घरमा चोरी


दिपक के.सी.
बैशाख १७, कपिवस्तु
कपिवस्तुको शिवराज नगरपालिका २ हेलौडियाको एक घरमा बिहिबार साझ चोरी भएको छ । बिहिबार साझ हावाहुरी चलेको बेला सुन्दर लामिछानेको घरमा चोरले ढोका फोरेर चोरी गरेको चन्द्रौटा प्रहरी कार्यालयले जनाएको छ ।
साझ करिब ६ बजे तिर चोरी भएको लामिछानेले बताएका छन । घरका सबै सदस्य पसलमा भएको बेला चोरले नगद ३५ हजार नेपाली रुपैया,८ हजार भारतिय रुपैया, सुनको सिक्रि १ तोला थान, मंगलसुत्र २ तोलाको १ थान ,सुनको अंगुठी आधा / आधा तोलाको २ थान,काठको बाक्सामा रहेको नगद ५ हजार, छिमेकी गिता रेग्मीले राख्न दिएको सुनको सिक्री १ तोलाको १ थान, नगद २० हजार, सुनको टप आधातोलाको चोरी भएको लामिछानेले बताए । चोरी गर्ने गिरोहको खोजि कार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma