Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कोभिडले मृत्यु भएका कर्मचारीको शोक शभा


कपिलवस्तुको शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सहयोगि कर्मचारीको कोभिडका कारण मृत्यु भएपछि आज शोक सभा गरिएको छ । प्रसुती केन्द्रमा कार्यरत सुरक्षा गार्ड गणेश जिसीको निधन भएको सातौ दिन शिवराज १ वडा कार्यालय र शिवपुर स्वास्थ्य चौकीले सम्युक्त रुपमा श्रदान्जली अर्पण गरिएको छ ।
स्वास्थ्य चौकीमा कार्यरत रहदा जिसीले गरेको काम प्रति उच्च सम्मान गर्दै परिवारलाई आवश्यक सहयोग प्रदान गरिने वडा अध्यक्ष जगत जिसीले बताउनुभयो । शिवपुर स्वास्थ्य चौकीले एक ईमन्दान कर्मचारी गुमाउनु परेकामा दुख व्यक्त गर्दै स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले परिवारजन प्रति समवेदना प्रकट गर्नुभयो ।
कार्यापालिका सदस्य लक्ष्मी हमाल,टिक विक वडा सदस्य भिखु थारु,वडा सचिव धनिसरा बैजाली, लगाएत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम लेखनाथ पौडेलको संचालनमा सम्पन्न भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma