Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चिनियाँ कम्पनीको खोपलाई डब्ल्युएचओले दियो मान्यता

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ ।

डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् ।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ । डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma