Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा आज थप ६२ जना कोरोना मुक्त


कपिलवस्तु – कपिलवस्तुमा आज (आइतबार)थप ६२ जनाले कोरोना जितेका छन् । यस्तै एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो । आइतबार सबैभन्दा धेरै कपिलवस्तु नगरपालिकाका ३ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० बर्षीया महिला रहेका छन् ।


यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताउनुभयो । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् भने ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र १०२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको हो । कोरोना संक्रमणदर बढेकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले सबैमा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma