कपिलवस्तु- कोरोना संक्रमणबाट कपिलवस्तुमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका हुन् ।

मृतक मध्ये एक जनाको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा मृत्यु भएको हो भने एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । अन्यको भने जिल्लाका विभिन्न आइसोलेसनमा ज्यान गएको हो । यस्तै बुधबार जिल्लामा थप ७६ संक्रमित थपिएका छन् भने ४२ जना निको भएका छन् । यो संगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ भने ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।

0Shares