Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कपिलवस्तुमा थपियो जेठ १० गतेसम्म निषेधाज्ञा

कपिलवस्तु- कपिलवस्तुमा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ। बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। जिल्लामा पहिला लगाइएको निशेधाज्ञाको समय बैशाख ३१ गते सकिदै छ । कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिने बैठकले निर्णय गरेको छ । जेठ १ गते देखि जेठ १० गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma