Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय

कपिलवस्तु- कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको एक सय पुगेकोे छ । पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएसंगै मृतकको संख्या १ सय पुगेको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङक अनुसार पछिल्लो २ दिनमा मात्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मंगलबार एकैदिन ७ जनाको मृत्यु भएको हो भने आज (बुधबार) थप ८ जनाको ज्यान गएको हो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने मध्ये शिवराज नगरपालिकाका मात्रै ३ जना रहेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो । यस्तै बुद्धभूमि नगरपालिकाका एक जना, कपिलवस्तु नगरपालिकाका थप एक जनाको कोरोना संक्रमणले मृत्यु भएको घिमिरेले बताउनुभयो । यस्तै जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टिएको छ भने आजै ७६ संक्रमित कोरोनामुक्त भएका छन् । यससंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma