Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज जेसीजद्धारा आइसोलेशन सेन्टरलाई राहत


कपिलवस्तु- शिवराज नगरपालिका अन्तर्गत रहेको शिवराज जेसीजले सकारत्मक कामका लागि युवाहरुको नेतृत्व भन्ने नाराका साथ शिवराज जेसीजले शिवराज नगरपालिकाको वडा न ९ को सुन्दरी डाडामा रहेको आइसोलेशन सेन्टरमा रहेका कोभिड १९ का सक्रमितहरुका लागि खाद्यन्न वितरण गरेको छ । शिवराज जेसीजले दोस्रो चरणमा फैलिएको कोभिड १९ का संक्रमितहरुका लागि आइसोलेशन सेन्डरमा रहेका विरामीहरुका लागि राहत वितरण गरिएको शिवराज जेसीजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताए ।


शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष चुर बहादुर खड्काले अप्ठारो समयमा जेसीजले गरेको कामको प्रशन्नसा गरेका थिए । शिवराज नगरपालिका वडा न ९ मा संचालन गरिएको आइसोलेशन सेन्टरमा १६ जना संक्रमितहरुको उपचार भई रहेको वडा न ९ का वडा सचिव प्रेम वलीले जानकारी दिएका छन । खाद्यान्न हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष विजय सापकोटा, सरोज पौडेल,कविराज अधिकारी,विष्णु भुषाल मनिष बन्जाडे तिलक कार्की तेज प्रसाद भट्टराई यादव चन्द हरि श्रेष्ठ र शिव पराजुली रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma