Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

महिला नेतृ पाण्डेको निधन

कपिलवस्तुनेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर घर भएको पान्डेको आजै बेलनदीमा सामाजिक दुरि कायम गरि अन्तिम संस्कार गरिने माओवादी केन्द्र शिवराज नगर समिती अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो । पाण्डे लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै आउनुभएकी पाण्डे माओवादी केन्द्रको जिल्ला नेता हुनुहुन्थ्यो । माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय नेता समेत रहनुभएकी पाण्डे जिल्लाको शिवराज नगरपालिका खरेन्द्रपुरमा स्थायी बसोबास थियो । उहाँ अनेमसंघ (क्रान्तिकारी)को पूर्व जिल्ला अध्यक्ष भएर पनि काम गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma