Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

याे बजेट सुनाउनका लागि मात्र हाेइन, कार्यान्वयन हुन्छ : अर्थ मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आउँदाे आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटकाे सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो  ।

उहाँले भन्नुभयो, ‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्याे र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिकाे सपना साकार पार्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मन्त्री पाैडेलले भाेलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा द्विविधा राख्नुपर्ने छैन ।’ 

उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने बताउनुभयो ।

अर्थ मन्त्री पाैडेलले भन्नुभयो, चुनावलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने छ । चुनावका लागि यथेष्ट महत्त्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma