Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा कोरोनाको दोश्रो चरणमा १४७ कोरोना संक्रमितको मृत्यु


कपिलवस्तु- कारोना संक्रमणको दोश्रो चरणमा कपिलवस्तुमा १ सय ४७ जनाको मृत्यु भएको छ । गत बैशाख १७ गतेबाट जेठ १६ को अवधिमा कोरोनाबाट त्यति जनाले ज्यान गुमाएका हुन । पहिलो र दोश्रो चरण गरी जिल्लामा कुल १ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थय अधिकृत बासुदेव पाण्डेयले बताए । यस्तै दोश्रो चरणमा २ हजार ९३२ जना संक्रमित भएका छन । जसमध्ये १ हजार ७३९ निको भई घर फर्किसकेका छन । यस्तै १ हजार ३ जना होम आइसोलेशनमा छन ।

जिल्लामा अहिले कुल १ हजार ४६ जना सकृय संक्रमित छन । यस्तै सूरु देखि अहिले सम्म जिल्लामा कुल छ हजार १५ जना संक्रमति भएका छन । एक साता यति जिल्लामा संक्रमितको र मृत्युको दर समेत घटेको बरिष्ठ जनस्वास्थय अधिकृत पाण्डेयले बताए । उनले उत्तरी पालिकाहरु बाणगंगा, बुद्धुभुमी, शिवराज रे बिेजयनगरले एन्टस्जेन र पिसिआरको परिक्षण्को दायरा बढाए पछि दक्षिणी पालिकाले खासै नबढाएकाले अहिले संक्रमणको दर घटेको हुन सक्ने बताए । परिक्षणकालागि स्वास्थय कार्यालयसंग पर्याप्त किट रहेको भन्दै उनले परिक्षण, कन्ट्रेक ट्रसिङको दायरा बढाउन आग्रह गरे । उनले पालिकाहरु यस बिषमया सयममै गंभीर हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma