Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुकालागि ८७ भाईल कोभिसिल्ड खोप


कपिलवस्तु- फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो खोप लिन छुटकोहरुकालागि कपिलवस्तुकालागि ८७ भाईल खोप आएको छ । फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो चरणको खोप लिनबाट बंचित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईर्मीकालागि मात्र सो खोप आएको हो । सुरक्षा निकाय र पालिकाबाट त्यसकालागि नामावली माग गरिए अनुसार ७ सय बढीको नाम आइस् सकेको बरिष्ठ जनस्वास्थय अधिकृत पाण्डेयले बताए । नामवली आएकाहरुलाई यही जेठ १९ र २० गते खोप लगाईने छ । खोप लागउनकालागि जिल्ला स्वास्थय कार्यालय, पिपरा र शिवराज सामुदायिक अस्पतालमा खोप केन्द्र संचालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma