माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु

शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले आगामी वर्षको योजना छनोटको लागि वडा वासि सँग सुझाव मागेका छन् । आर्थीक वर्ष २०७८।७९ को लागि वार्षिक कार्यक्रम निति तथा कार्यक्रम एवं बजेट तर्जुमा गर्नको लागि सुझाव मागेका हुन् ।
कोभिड १९को माहामारी भएकोले भेला तथा छलफल गर्न असम्भव भएको भन्दै वडाका टोलहरुमा वडा सदस्यलाई खटाइएको अध्यक्ष सापकोटाले बताउनुभयो । वडाको बलुहवामा श्यामलाल थारु,बलुकियामा बुझावन थारु,मदवामा झगी सुनार,कटुवामा सुनिता कलावरलाई जिम्मा दिइएको उहाँले बताउनुभयो ।
मंगलवार एक सुचना जारी गर्दै सामाजिक संजालमा आएका सुझावहरुलाई प्राथमिकता दिईने जनाइएको छ । फेसवुक म्यासेज,कमेन्ट तथा ईमेल मार्फत सुझाव दिनुहुन वडा अध्यक्षले आग्रह गर्नुभएको छ ।

0Shares