Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चोरी तस्करी बढेपछि नदिजन्य पदार्थ निकासिमा रोक

माधव बेल्बासे
चन्द्रौटा कपिलवस्तु

कपिलवस्तुको बिजयनगर गाउँपालिका आफैले संचालन गरेको खोलावाट नदिजन्य पदार्थ चोरी तस्करी बढेको भन्दै निकासीमा रोक लगाएको छ । बिजयनगर गाउँपालिका वडा १मा रहेको विसुवा र चिराई खोलाको पदार्थ निकासीमा कसैले ठेक्का नलिएपछि पालिकाले आफैले संचालन गरेको थियो । गाउँ कार्यपालिकाको वैठकले जेठ १४ गते देखि विसुवा खोलावाट निकासी बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।
केहि समय पहिले नदिमा मेसिन प्रयोग भएको भन्दै स्थानियहरुले बिरोध गरेका थिए । गाउँपालिकाले अमानतमा लिएको विसुवा नदिमा स्थानियहरुले अनुगमन गर्दा नदिमा स्काभेटर प्रयोग गरी उत्खनन भएको पाइएको स्थानिय रामनिवास पुरीले बताउनुभयो । दिउसोमा स्काभेटरले डम्पिङमा जम्मा भएको उठाउने र रातको समयमा खोलामा स्काभेटरमा प्रयोग हुने गरेको पुरीले बताउनुभयो । “हामी पटक पटक खोलामा पुगेका छौ,अवैध रुपमा मापदण्ड विपरित काम भएको छ, पुरीले भन्नुभयो “गाउँपालिकाले एक्सन लिन जरुरी छ, ।
गाउँपालिकाले अमानतमा संचालन गरेको नदिमा रोयल्टी रसिद गाउँपालिकाकै हुनु पर्ने भए पनि सोहि नदिबाट जय माँ शिवगढी एण्ड सप्लायर्सको नामबाट रसिद काटेको फेला परेको थियो ।नदिमा नदिजन्य पदार्थ निकाल्नको लागि मेशिन प्रयोग गर्नु मापदण्ड विपरित रहेको र बन्द रहेको खोलामा अवैध रुपमा नदिजन्य पदार्थ निकालेको पाइएको जोकोहि लाई पनि कारवाहि गरिने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । अवैध रुपमा उत्खनन भएको बारे संचार माध्यममा समाचार आएपछि गाउपालिकालाई त्यसलाई रोक्न खोला बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma