Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा अस्पताल निर्माणको लागि जग्गा प्रदान

माधव बेल्बासे
चन्द्रौटा कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माण हुने १५ शैयाको अस्पताल निर्माणको लागि जग्गादाताहरु बढिरहेका छन् । केहि दिन अघि शिवराज नगरपालिका वडा २ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका ५ कुदरवेटवामा ईश्वरी पाण्डेले जग्गा प्रदान गर्ने भन्दै नगरपालिकामा प्रतिबद्धता पत्र बुझाएका थिए ।
नगरको वैठकले चन्द्रौटा क्षेत्रमा जग्गा प्राप्त भएमा छलफल गरि टुगाउने यदि नभएमा शिवराज २ मा अस्पताल गर्ने निर्माण गर्ने जनाएको थियो । बुधवार शिवराज नगरपालिका ५ चन्द्रौटामा १० जनाले प्रतिव्यक्ति एक कठ्ठाका दरले १० कठ्ठा अस्पताल निर्माण गर्न जग्गा दिने भन्दै नगरपालिकामा पुगेका थिए । शिवराज नगरपालिकाको हालको कार्यालय देखि झण्डै ६ सय मिटर दक्षिण पर्सिया क्षेत्रमा उनीहरुले जग्गा दिन ईच्छुक रहेका छन् ।
अस्पताल निर्माणको लागि तीन स्थानमा जग्गा दिन जग्गादाता ईच्छुक रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो । कुन स्थान छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको अर्यालले बताउनुभयो । नागरिकहरुलाई पायक पर्ने तरिकाले स्थान छनोट हुने उहाँले बताउनुभयो ।
मो.तौफिक खां,रफिक खां,प्रबेज आलम खां,हेमलाल पौडेल,मन्जुर अहमद मुसलमान,प्रभु काहार,असलम नाउ,शाह आलम खां, दुख राम कुर्मी,रुद्र नारायन कुर्मीले झण्डै चार करोड बराबरको जग्गा दिने निर्णय गरेको स्थानिय हरि पोखरेलले बताउनुभयो । शिवराज नगरपालिका कार्यालयको भवन निर्माणमा विवाद भइरहेको बेला फेरी अस्पताल निर्माणमा पनि विवाद नगर्न नगरवासीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma