Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

राष्ट्रियसभा सदस्य पाण्डेद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं-नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृग नारायण पाण्डेले बुधबार शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उहाँले शपथ ग्रहण गर्नुभएको हो ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएको पाण्डे नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष र जनमोर्चाको समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma