Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौँ– नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।

नियमित उपचारका क्रममा अस्पताल पुगेका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि अस्पताल पुगेका खनाल चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना भएका हुन् ।

“केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो”, उनले भने, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।”

उनले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने जानकारी दिए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma