Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

आँखा अस्पतालद्धारा स्थानिय तहलाई स्वास्थ्य सामाग्री वितरण


माधव बेल्बासे
चन्द्रौटा,४ असार

कपिलवस्तुको एक आखा अस्पतालले स्थानिय तहहरुलाई सवा दुई लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्ट को संक्रमण फैलिन नदिन तथा रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि जिल्लाका १० वटा स्थानीय निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ,नर्बे को आर्थिक सहयोगमा कपिलबस्तु जिल्लाका स्थानीय निकायहरुमा २ लाख २५ हजार ४ सय ३५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा नेपाल सरकारलाई केही मात्रामा भए पनि राहत पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।
जिल्लाका प्रत्येक पालिकाहरुलाई ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनीटाइजर,पिपिइ सेट लगाएतका सामाग्री प्रदान गरिएको विश्वकर्माले बताउनुभयो । स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा शिवराज नगरपालिकाद्धारा संचालित आधारभुत स्वास्थ्य सेवा अस्तपाल,शिवराज ५,चन्द्रौटा र शिवराज अस्पताल बहादुगञ्जलाई पनि ६ हजार थान सर्जिकल मास्क,१५ लिटर सेनीटाइजर र १० थान पी.पी.ई.सेट हस्तान्तरण गरिएको छ ।

कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश चन्द्र गुप्ताले कोरोना भाइरस कोभिड १९ को यो महामारीको समयमा स्वतःस्फूर्त रुपमा कपिलबस्तु नगरपालिकालाई यस प्रकारको स्वास्थ्य सामग्री प्रदान गर्नु भएकोमा दातृ निकाय एन.ए.बी.पी.नर्बे र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज परिवारलाई हार्दिक धन्यबाद दिनु भयो । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माको नेतृत्वमा स्वास्थ्य सामग्री वितरण गर्न गएको टोलीमा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ.पि.डी ईन्चार्ज ओपेन्द्र चन्द,लेखा सहायक कमल चौधरी र मधु खड्का लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma