Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

वडा कार्यालयद्वारा बिद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

शिवराज नगरपालिका वडा न ९ ले वडा भित्रका बिद्यालय,सामुदायिक बाल विकास केन्द्र तथा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भए सगै वडाका शैक्षिक क्रियाकलाप तथा शिक्षण संस्थाका गतिविधिहरुको सहजताको लागी सामाग्री वितरण गरिएको वडा अध्यक्ष चुर बहादुर खड्कले बताउनुभयो ।
माक्स,सेनिटाईजर,ग्लोब्स,साबुन लगायतका झन्डै १ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु वितरण गरेको खड्काले जनाउनुभयो ।जस अन्तरगत मा.बि.तहका बिध्यालय हरुलाई माक्स २ हजार पिस,सेनिटाईजर २० लिटर र साबुन १०० पिस,आधारभुत तह कक्षा ८ सम्म सन्चालित बिध्यालय लाई माक्स १२०० पिस,सेनिटाइजर १५ लिटर र साबुन ८० पिस, आधारभुत तह कक्षा ५ सम्म सन्चालित बिध्यालय लाई माक्स ८०० पिस,सेनिटाइजर १० लिटर र साबुन ५० पिस तथा सामुदायिक बाल बिकास केन्द्र लाई माक्स ३०० पिस, सेनिटाइजर ५ लिटर र साबुन २० पिसको दरले वितरण गरिएको वडा सचिव प्रेम सगर ओलिले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य चौकिलाई ग्लोब्स ७ बक्स बितरण गरेको हो । स्वास्थ्य सामाग्रीहरुको बितरणले कोभिड महामारिको बिषम परिस्थितिमा बिध्यालयका शैक्षिक गतिबिधी र कृयाकलाप हरुमा सहजता हुने वडाले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma