Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु


काठमाडौं– पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १÷१ जनाको मृत्यु भएको हो । ३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ । यसैबीच पानीको बहाव बढ्न गई महाकाली नदीको टापुमा फसेका तीन जनाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार सकुशल उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma