Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

समाज रुपान्तरमा किर्डाकको उलेख्य भुमिका :उपप्रमुख थारु


कपिलवस्तु-


सीता बेल्बासे- किर्डाक नेपालले समाज रुपान्तरमा उलेख्यनिय भुमिका खेलेको शिवराज नगरपानिका उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो । किर्डाक नेपालको २२ औँ बर्षमा प्रवेश गरेको अबसरमा शुभकामना दिदै यस्तो बताउनु भएको हो । शिवराज नगरपालिका बालबालिका किसोर किसोरी अन्य समुदायलाई अगाडि ल्याउन सकारात्म भएको बताउनु भयो । उपप्रमुख थारुले आगमि दिनमा पनि नगरको तर्फ बाट सहकार्य रहने बताउनु भयो । यस्तै दलित पत्रकार लुम्बिनि प्रदेश अध्यक्ष चिन्ता परियारले किर्डाक नेपालले समुदायका बालबालिका किसोर किसोरी महिलाको लागि गदै आएका काम सरायिन भएको बताउदै आगमि दिनमा पनि संचार क्षेत्रमा सधै सहकार्य रहने बताउनु भयो ।
शिक्षा ,सशक्तिकरण , प्रकोप तथा वातावरण संरक्षण ,जिवनशैली र आयआर्जन ,स्वास्थ्य ,पोषण र जिवन अवस्था ,उथानशिलता,मानव अधिकार लोकतान्त्रीक सह सुशासन र संगठनको स्वतन्त्रता अभिव्यक्ति र सुचनाको अधिकार , स्वच्च खानेपानी,जस्ता विषयगत क्षेत्रमा किर्डाक नेपालले काम गदै आएको बताउदै आगमि दिनमा पनि यहाँका नागरि स्थानिय तहमा सहकार्य गदै काम गर्न किर्डाक नेपालका जिल्ला संयोजक कुष्न रावलले बताउनु भयो ।

सन् २०१४ देखि २०१८ सम्म दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिड्स कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका,कपिलवस्तु नगरपालिका.यशोधरा गाउपालिकामा संचालन गरी हाल स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा शिवराज र बुद्धभूमी नगरपालिकाको समन्वयमा किर्डाक नेपालको सहजीकरणमा नागरिक समाजको सशक्तिकरण,गुणस्तरीय शिक्षा,आयआर्जनमा टेवा पुर्याउने उद्धेश्य लिएर सन् २०१९ देखि २०२३ सम्म दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिड्स कार्यक्रम बुद्धभूमी नगरपालिकाको ३,४ र ९ नम्बर वडाहरु र शिवराज नगरपालिकाको १,२,३,५,११ वडाहरुमा महिला,किशोरकिशोरी,बालवालिका र अपाङ्गताको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


शिवराज तथा बद्धभूमी नगरपालिकामा ७२ संवाद क्लव,८ वटा आशा संजाल,७२ वटा बालवगैचा,७२ वटा स्वाबलम्बन समुह,८ टोल विकास संस्था,४ वटा खुशीयाली नमूना उन्मुख गाउँ संग समन्वय र सहकार्य गरी कार्यक्रम संचालन भएको जिल्ला संयोजक रावल बताउनु भयो । किर्डाक नेपालको २२ औँ बर्षमा प्रवेश गरेको अबसरमा अति विपन्न १० जना किरोर किसोरीलाई शैक्षिक साम्रागि वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma