Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघ्यो

काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो ।

विश्वका धेरैजसाे ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । यो कुल सङ्क्रमणको झण्डै ९२ प्रतिशत हो । सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाख ६ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वका दुई सय २२ वटा देश तथा स्वशासित क्षेत्रमा कोरोना पुष्टि भएकोमा १६ वटा देश तथा स्वशासित क्षेत्रमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेर कोरोनामुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma