Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट


कपिलवसतु – कपिलवस्तुको शिवराज नगरपालिकाले आव ०७८÷०७९ का लागि १ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ । विहीबार नवौं नगरसभामा शिवराजले नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको हो । नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले नगर सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा तर्फ २० करोड बजेट विनियोजन गरिएको छ । यस्तै कृषिको क्षेत्रमा १ करोड १० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ ३ करोड ९ लाख, स्वास्थ्य तर्फ ३ करोड ७ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमणले रोजगारी गुमाएका वर्गलाई स्वरोजगारमूलक कार्यक्रम, कृषि क्षेत्रको आधुनिकरण, शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि विभिन्न लोकप्रिय कार्यक्रम समेटिएको छ । यस्तै विगतमा अपुरा रहेका भौतिक विकासका कामहरुलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma