Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृष्णनगर नगरपालिकाद्धारा ८३ करोडको बजेट सार्वजानिक


कपिलवस्तु – जिल्लाको कृष्णनगर नगरपालिकाले अगामी आर्थिक बर्ष ०७८।०७९ को लागि निति तथा कार्यक्रम मार्फत ८३ करोड बराबरको बजेट सार्वजानिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको छैंठो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएको हो । आर्थिक वर्ष ०७८÷०७९ संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, मौजदात रकम र ३ करोड आन्तरिक आय लागत सहभागिताबाट ८३ करोड ३ लाख ९२ हजार ४ सय ८४ रुपैया बजेट विनियोजन गरिएको प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताए ।

यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुवर्षिय योजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजत प्रताप शाहले बताए । अबको योजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma