Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउनेबारे अहिले छलफल भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

अहिले ललितपुरमा काठमाण्डौ उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीसहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीको बैठक बसिरहेको छ । बैठकमा २० सिट क्षमताभन्दा बढी भएका सार्वजनिक गाडीलाई जोर–बिजोर प्रणालीमा बाढीमा ५० प्रतिशत यात्रु मात्रै बोक्ने गरी चलाउनेबारे छलफल भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । 

यस्तै निश्चित समय तोकेर फास्ट फूड, हस्तकला तथा रक्सी वितरण गर्ने पसल पनि खोल्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो । पार्टी प्यालेसलाई भने केही समय बन्द नै गर्ने तयारी भइरहेको छ । बैठकमा छलफल सकेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाका बारेमा निर्णय गर्ने छ । 

अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । 

यस्तै तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ । 

सार्वजनिक गाडी, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ । विज्ञले सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् । 

काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma