Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुका चार सय ६१ विपन्न परिवारलाई राहत वितरण


माधव बेल्बासे
चन्द्रौटा,१५ असारः
कपिलवस्तुमा कोरोना कारण प्रभावित भएका ४६१ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानहरुमा पुगि कुष्ठरोग,हात्तिपाईले,क वर्गको अपांगता भएका व्यक्ति र कोराना प्रभावित अतिविपन्न परिवारलाई रु १२ लाख ५० हजार बराबरको राहत सामाग्री प्रदान गरिएको छ ।
फेयरमेड सहयोगमा आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत कालिका स्वालम्बन सामाजिक केन्द्रले वितरण गरेको हो । मंगलवार शिवराज नगरपालिकाका ९६ जनालाई वितरण गर्दै रोग सँग लडिरहेका नागरिकहरुलाई राहतले सहयोग पुग्ने विश्वास लिइएको छ ।


कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले विभिन्न रोग वाट प्रभावित भएका नागरिकहरुको जिविको पार्जनमा समस्या भइरहेकोले बेला राहतले केहि हदसम्म भएपनि सहयोग पुग्ने बताउनुभयो । नगरले वर्षेनी अपांगता तथा रोगवाट प्रभवित भएकाहरुलाई सहयोग गर्दै आएको बताउँदै कोरोनाले नागरिकहरुलाई अस्तव्यस्त बनाएको बताउनुभयोे । कार्यक्रममा वडा अध्यक्ष चुर बहादुर खड्काले दुखको समयमा गरेको सहयोग अविस्मरणि हुने बताउनुभयो । राजगारी गुमेका तथा विगतमा गरेको दैनिक काममा समेत बन्द हुदा नागरिकहरुलाई समस्या परेको उहाँले बताउनुभयो ।


विभिन्न समस्याले ग्रसित भएका नागरिकहरुलाई कोराना कारण समस्या बढेकोले राहत स्वरुप खाद्यान्य सामाग्री वितरण गरेको कालिका स्वालम्बन सामाजिक केन्द्रका निर्देशक अर्जुन थापाले बताउनुभयो । कुष्ठरोग,हात्तिपाइले प्रभावितहरुको समुह स्वंयम हेरचाह समुहका विपन्न नागरिक,अपांगता भएका र कोरोना प्रभावित गर्भवति तथा सुत्केरी महिलाहरुलाई छनोट गरि बितरण गरिएको उहाँले बताउनुभयो । यस भन्दा अगाडि जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थापाले बताउनुभयो । कार्यक्रम संचालक वडा सचिव प्रेम वलीले कालिकाले विगतमा पनि धेरै सहयोग गरेका र आगामी दिनमा पनि वडाका नागरिकहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्र्नुभयो । प्रति व्यक्ति चामल २५ किलो,तेल २ लिटर,दाल ३ किलो,नुन २ प्याकेट,चिनि २ किलो,स्वयबिन १ किलो र साबुन ४ थान वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma