Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृष्णनगर भन्सार : २९ करोडको निर्यात हुँदा ४ अर्बको आयात

माधव बेल्बासे
चन्द्रौटा,१४ असार

कपिलवस्तुकै ठुलो भन्सारको रुपमा रहेको कृष्णनगर भन्सारले एक वर्षको अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न सामानहरु निर्यात गर्दा रु २९ करोड राजस्व संकलन गरेको छ भने आयात सामाग्री वाट ४ अर्ब वढी असुल गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ लक्ष्य भन्दा १०३ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । कोरोना महामरी विच पनि कार्यालयले लक्ष्य भन्दा वढि राजश्व सङ्कलन गर्न सफल भएको छ । कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ४ अर्व ८९ करोड ३६ लाख ८६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा असार दोस्रो साता भित्रै ५ अर्ब बढि राजश्व संकलन भएको भन्सार कार्यालयका प्रमुख जर्नादन पौडलले बताउनु भयो ।
कार्यालयबाट यस आर्थिक वर्षमा निर्यात तर्फ २९ करोड ३६ लाख ७६ हजार राजश्व संकलन भएको छ । आयातको तुलनामा निर्यात निकै कम रहेको कार्यालयले जनाएको छ । कृष्णनगर भन्सार बाट खोटो रोजिन, तार्पिन तेल, एसेन्सीयल आयल, वियर माल्ट, रुम स्प्रे तथा गन्ध हटाउने सामान, जडीबुटी टिमुर सुगन्ध कोकिल कुट्की लगातका सामाग्री भारत तर्फ निर्यात हुने कृष्णनगर भन्सार कार्यालयका प्रमुख पौडेलले बताउनु भयो ।
असार महिना अझै बाकी नै रहेकोले ११० प्रतिशत बढि सम्म राजश्व सङ्कलन हुने उहाँले बताउनु भयो । गत आर्थिक बर्षमा लक्ष्य नभेटाएको भन्सार कार्यालयले यस आर्थिक बर्षमा भने लक्ष्य भन्दा बढि नै राजश्व संकलन गरेको छ । गत आर्थिक बर्षमा ५९दशमलब ७९ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । कार्यालयले गत आर्थिक बर्षमा ६ अर्ब १८ करोड ७७ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
जसमा कार्यलयमा जम्मा ३ अर्ब ६९ करोड ९८ लाख ५६ हजार राजश्व जम्मा भएको कार्यालय प्रमुख पौडेलले बताउनु भयो । गत बर्षको तुलनमा यस आर्थिक बर्षमा राजश्व सङ्कलनमा बृद्धि भएको कार्यालयले जनाएको छ । कोरोना महामारीमा गत बर्ष पूर्ण लक डाउनका कारण चैत्र र बैशाख महिनामा न्यून राजश्व संकलन भएका कारण लक्ष्यमा पुग्न नसकिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma