Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृष्णनगर नगरपालिकाले मनायो १८ औं राष्ट्रिय धान दिवस

कपिलवस्तु – कृष्ण नगरपालिकाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाएको छ । ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

नगरपालिकाको केन्द्र नजिकै रहेको खेतमा रोपाइँ गरीयो दिवस मनाईएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको कृषि विकास शाखाले आयोजना र श्री गणेश बहुउद्देशीय कृषक समुहको रहकार्यमा भएको रोपाइ कार्यक्रममा नगरपालिकाका अध्यक्ष रजत प्रताप शाह, प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्की, कृषि शाखा प्रमुख चन्द्र राम चौधरी,वडाध्यक्षहरू , नगरपालिकाका कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ धन बहादुर थापा, पालिकाका कर्मचारी र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

रोपाइ कार्यक्रममा सहभागि हुनुभएका शाहले कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिककरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको उहाँले बताउनु भयो ।रोपाइँ उत्सव दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर असार १५ लाई उत्सवकै रुपमा मनाइने गरिएको छ। मानो रोपेर मुरी फलाउनका लागि धानको विउलाई रोप्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma