Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

प्रधानमन्त्री तर्फबाट बहस गर्न अब ४ घण्टा ३३ मिनेट समय बाँकी

काठमाडौं – संवैधानिक इजलासमा आजको सुनुवाइ सकिएको छ । बुधवार सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता  दशरथ पंगेनीले बहस गरेका छन् । सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका छन् । मैनालीको बहस बिहिबार पनि जारी हुनेछ । 

प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको समय अब ४ घण्टा ३३ मिनेट बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma