Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज वडा नं. ९ द्धारा सामुदायिक बिद्यायालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण


कपिलवस्तु – शिवराज नगरपालिका वडा न. ९ शिवगढिले सामुदायिक बिद्यायालयहरुमा अध्ययनरत ३० जना बालबालिकाहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री वितरण गरीएको छ । आज एक कार्यक्रमको बिच शिवराज नगरपालिका वडा न. ९ शिवगढिले एकैसाथ वडा भित्रका सामुदायिक बिद्यायालयहरुमा अध्ययनरत ३० जना बालबालिकाहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री झोला र कापि बितरण गरेको हो । यस्तै वडा भित्रका ६ वटा सामुदायिक बिद्यायालय र २ वटा समुदायमा आधारित बाल बिकास केन्द्र लाई खेलकुद सामाग्री पनि बितरण गरेको छ।


वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत वडाभित्रका गरिव, दलित, असहाय र निम्न आर्थिक अवस्था भएका ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको हा । प्रती बालबालिका १ थान स्कुल झोला र ३ वटा कापिको दरले बितरण गरिएको हो । वडा भित्रका ६ वटा सामुदायिक बिध्यालय र २ वटा समुदायमा आधारित बालबिकास केन्द्रलाई ४० हजार बराबरको खेलकुद सामग्री बितरण गरिएको छ ।

जस अन्तरगत माध्यामिक तहका बिध्यालयहरुलाई २ थान फुटबल, १ थान भलिबल,१ थान बालबिकास बल,२ थान स्किपीङ डोरि र १ थान क्याराम बोर्ड त्यसैगरी आधारभुत तहका बिध्यालयहरुलाई १ थान फुटबल,१ थान भलिबल,१ थान बालबिकास बल,२ थान स्किपीङ डोरि र १ थान क्याराम बोर्ड तथा समुदायमा आधारित बाल बिकास केन्द्रहरुलाई २÷२ थान बाल बिकास बल बितरण गरिएको हो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा न. ९ का वडा अध्यक्ष चुर बहादुर खड्काले शैक्षिक सामाग्री बितरणले बिपन्न र जेहेन्दार बिध्यार्थिहरुलाई शिक्षण सिकाईमा सहयोग पुग्ने बताउनु भयो । यस्तै खेलकुद सामाग्रीको बितरणले बिध्यालयमा खेलकुद गतिबिधिहरुले निरन्तरता पाउने बताउदै बताउदै खेलकुदले सामदाय र देशलाई नै चिनाउन सकिने बताउर्नुभयो ।कार्यक्रममा वडा सदस्यहरु बम बहादुर घर्ती मगर,लक्ष्मि विश्वकर्मा, वडा शिक्षा समिती सदस्य पनिराम रोका मगर लगाएत विभिन्न बिध्यालयहरुका प्र अ तथा शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन वडा सचिव प्रेम वलिले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma