Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्दै शिवराज नगरपालिका


कपिलवस्तुको शिवराज नगरपालिका कार्यालयले नगरपालिकाभित्रका कृषकलाई फलफूलका बिरुवा वितरण गर्ने भएको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गर्ने भएको छ ।

शिवराज नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा भोलि विहिबार देखि बिरुवा उपलब्ध गराइने शिवराज नगरपालिका कृषि शाखाका शाखाप्रमुख तारा चन्द चौधरी जानकारी दिनु भयो । नगरपालिकाभित्र रहेका कृषकहरुलाइ वर्षे मौसमीका फलफुल आँप, लिच्ची का वितरण गर्न थालिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma