Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

रोट्याक क्लव अफ कपिलवस्तु द्धारा उमरीमा वृक्षारोपण


माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु
रोट्याक क्लव अफ कपिलवस्तुले शिवराज १ उमरीमा वृक्षारोपण गरेको छ । डिभिजन वन कार्यालय गौतमबुद्ध चन्द्रौटाको सहयोगमा उमरीलाई सौन्दर्यकरण गर्नको लागि वृक्षारोपण गरिएको हो ।
उमरीमा रहेको थारु सग्रहालय परिसरमा वृक्षारोपण गरि रोटा वर्षको सुरुवात गरिएको अध्यक्ष होतराज पोख्रेल(शिशिर)ले बताउनुभयो । युवाहरु सस्था रोट्याक क्लवले विगतमा पनि समाज सुधारमा विभिन्न कार्यक्रमहरु गरेको र आगामी दिनमा पनि निरन्तर गर्ने बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा सहभागि हुनुभएकी शिवराज नगरउपप्रमुख शिवकुमारी थारुलले समाज सुधारमा रोट्याक क्लवको भुमिका उल्लेखनिय रहेको बताउनुभयो । उमरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताउँदै नजिकै रहेको थारु सग्रहालयको विकासमा जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा रोट्याक क्लव अफ कपिलवस्तुका अध्यक्ष होतराज पोख्रेल(शिशिर)को अध्यक्षता, शिवराज नगरपालिकाका उप प्रमुख शिव कुमारी थारुको प्रमुख आतिथ्यता, रोट्याक क्लव जोन २३ को जेटआरआर अध्यक्ष दिपक घिमिरे,रोटरी क्लवका पुर्व अध्यक्ष टोपलाल पोखरेल,महादेव पोखरेल लगाएतको सहभागित रहेको थियो । उमरी परिसरमा विभिन्न प्रजातिका १ सय भन्दा बढी विरुवा रोपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma