Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

असार २३ गते कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा हुदै


कपिलवस्तु –
लामो प्रयास पछि कपिलवस्तु पुर्ण खोप जिल्ला हुने भएको छ । जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि आउने असार २३ गते कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा हुने निश्तित भएको हो । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पुर्ण खोप हुन घोषणा हुन लागेको हो । जिल्ला खोप समन्वय समितिको सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरे पछि कपिलवस्तु पुर्ण खोप हुन लागेको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पुर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पुर्ण खोप जिल्ला घोषण हुन लागेको बताए । बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताए । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ ।

यस्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताए । एक बर्ष देखिको लामो प्रयास पछि कपिलवस्तु पुर्णखोप जिल्ला हुन लागेका उनले बताए । स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यातमा असार २३ गते कपिलवस्तु नगरपालिको सभा हलमो पुर्ण खोप घोषणाको कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma