Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि हुने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।

‘परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेका छौं,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘सहमति आइसकेको छैन । तर पनि साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’

परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma