Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

संस्कृति संरक्षणका लागि शिवराज नगरपालिकाद्धारा पंचे बाजा बितरण

कपिलवस्तु –    परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले शिवराज नगरपालिकाले शिवरज वडा नं २ हल्लानगरमा रहेको दलित जनजागरण समूहलाईले पंचे बाजा हस्तान्तरण गरेको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले परम्परा र संस्कृतिको संरक्षणसँगसँगै दलित समुदायलाई आयआर्जनमा सहयोग पुगोस् भनेर पंचे बाजा हस्तान्तरण गरिएको बताउनु भयो ।

नगरपालिकाबाट दलित समुदायले प्ररमपरागत रूपमा गर्दै आईरहेको पेशाको सम्रक्षण र निरन्तरताका लागि महत्वपुर्ण रहने अध्यक्ष खुमान सिंह परियारले बताउनु भयो ।

नगरबाट प्राप्त सहनाई, झ्यालि, दमाहा, टेम्को, ढोलक , कर्नाल र नरिसंहा १र१ थान समुहले पुजा,पाठ, मेला तथा औपचारिक कार्यक्रमहरूमा प्रयोग गर्दै पेशाको रूपमा बिकास गर्ने सचिव सुरेश विकले बताउनुभयो ।

प्रमपरागत रुपमा विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजाउदै आएका दलित जनजागरण समूहमा आबद् समुदायले नगरपालिकाले पंचे बाजा उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma