Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बन संरक्षणमा योगदान गरेका पत्रकार सहित पाच जना सम्मानित


माधव बेल्बासे
कपिलवस्तु


डिभिजन वन कार्यालय गौतमबुद्धले बन संरक्षणमा योगदान पु¥याएका पाँच जनालाई सम्मानित गरेको छ । बन कार्यालयले आज एक कार्यक्रम आयोजना गरि उत्कृृष्ट सामुुदायिक वन,पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो ।
डिभिजन बन क्षेत्र भित्र रहेका सामुदायिक बन अन्तर्गत शारदा सामुदायिक बन प्रथम,समयमाई सामुदायिक बन द्धितिय र संकरज्योती सामुदायिक बनलाई तृतिय स्थानको रुपमा पुरस्कृत गरिएको हो । विगत लामो समयदेखि वन वातावरण तथा बन्यजन्तु संरक्षण र वन अपराध न्यूनीकरणको विषयमा समाचार प्रकाशित गरेको भन्दै डिभिजन बन कार्यालय गौतमबुुद्धले एक पत्रकारलाई सम्मान गरेको हो । बन कार्यालयका प्रमुख दुुर्गा कार्कीले न्युज सेन्टर नेपालका निर्देशक सनिउल्ला धोवीलाई नगद र प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो ।त्यस्तै सुरक्षाकर्मी तर्फ प्रहरी नायव निरिक्षक अमर बहादुर बुढालाई सम्मान गरिएको हो ।
प्रत्येक वर्ष बन कार्यालयले प्रदान गर्ने उत्कृष्ट काम गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि सम्मान गरिएको डिभिजन बन कार्यालय गौतमबुुद्धका प्रमुख कार्कीले बताउनुभयो । पत्रकार महासंघका उपाध्यक्ष स्वेता गिरीले पत्रकारको कामलाई मुल्याकन गरी सम्मान गरेकामा धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma