Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लक्षित बर्गलाई आएको खोप दुरुपयोग

कपिलवस्तु, २३ असार
कपिलवस्तुको बुद्धभूमी नगरपालिका स्थित जयनगर स्वास्थ्य चौकी लक्षित बर्गका लागि आएको निःशुल्क खोप विक्री गरेको रहस्य खुलेको छ । नेपाल सरकारले ६० बर्ष देखि ६४ बर्ष उमेर समूहका , नागरिकहरुका लागि आएको भेरोसिल खोपको दोश्रो जोड २० देखि ४० बर्ष उमेरका व्यक्तिहरुलाई आर्थिक लेनदेनमा लगाइएको छ ।
जिल्लामा आएको ९ हजार ५ सय ५० जनाको लागि आएको भेरोसिल खोप १० वटै स्थानिय तहमा मंगलबार बाट लगाइदै छ । तर बुद्धभूमि नगरपालिका क्षेत्रमा कोभिडको दोश्रो डोज भेरोसिल खोप लगाउन तोकिएका २ वटा केन्द्र मध्ये गोरुसिंगे स्थित जयनगर स्वास्थय चौकीमा भने सेटिङ्गमा खोप लगाइएको छ । लक्षित बर्गलाई आएको दोश्रो डोज खोपमा समेत लक्षित बर्ग भन्दा तलका व्यक्तिहरुले धमाधम भित्र गई दोश्रो भन्दै केहिले पहिलो डोज लगाएका थिए भने केहिले दोश्रो डोज लगाएका थिए । सेटिङ्गमा खोप लगाएका बुद्धभूमी २ का एक युवकले स्वास्थ्यचौकी कर्मचारीलाई ३ हजार दिएर एक महिना अघि नै पहिलो डोज लगाएको र अहिले पनि लगाउन पाएको बताए । उनले आफु मात्र नभई आज(बुधबार) ५ जनाले दोश्रो जोड लगाएको जानकारी दिए । “केहिले पहिलो डोज पनि लगाएका छन तर कति के मा कुरा मिल्यो थाहा भएन” उनले भने ।
स्वास्थ्य चौकीको श्रोत अनुसार एक डोज खोपको ३ हजार रुपैया देखि ५ हजार सम्मको सेटिङ्गमा भित्र वा रजिष्टरमा नाम लेखेर भाइल बाहिर लगेर समेत लगाइएको छ । कोहि सहकारी भन्दै आउछन, कोहि सर्पदंश केन्द्र कोहि मेयरको सिफारिश कोहि स्वास्थ्यचौकी इन्चार्जले भनेको भन्दै आउछन् लगाउनै पर्यो, स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा भन्नुभयो। तर स्वास्थ्यचौकी इन्चार्ज डोलविक्रम बेल्बासेले भने सरासर आरोप भएको बताउनुभयो । ”हामीले लक्षित बर्ग भन्दा अरुलाई पहिलो डोज दिएका छैनौ, रकम लिने त कुरै भएन यो निःशुल्क हो” उहाले भन्नुभयो । तर स्वास्थ्यचौकी श्रोतको दाबी अनुसार पहिलो डोजको रजिष्टरमा उल्लेख विवरण र दोश्रो डोजको विवरण र उमेरसमूह हेरे कमजोरी पत्ता लाग्ने दाबी गर्दछन्
सरकारले लक्षित बर्गलाई निःशुल्क रुपमा दिएको खोप समेत कर्मचारीले सेटिङ्गमा विक्री गरेको बारे जिल्ला स्वास्थ्य कार्यालयले अनभिज्ञता प्रकट गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले यसबारे छानबिन गर्ने बताउनुभयो । “हामीले बुद्धभूमी नगरपालिकालाई जेष्ठमा खपत भएको डोज अनुसार नै ११ सय डोज दिएका छौ, त्यसमा लक्षित समूह भन्दा बाहिर कोहि परे त्यसलाई अनियमितता मानिन्छ हामी छानबिन गर्छौ” उहाले भन्नुभयो । जिल्लाको शिवराज, बुद्धभूमी र बाणगंगामा पहिलो चरणको खोप कार्यक्रममा पनि विभिन्न राजनितिक दबाव, नाताबाद, कृपावाद र जनप्रतिनिधीको दबाबमा उमेर समूहलाई छाडेर पहुच र पावरवालाहरुलाई खोप दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma