Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीका १२५ जना बालबालिकाहरुलाई टिफिन बक्स बितरण

शिवराज नगरपालिका वडा न.९ शिवगढिले वडाभित्रका १ सय २५ जना बालबालिकाहरुलाई टिफिन बक्स बितरण गरेको छ । वडाको चालू आर्थिक वर्ष ०७७÷७८ को वडा स्तरिय वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत वडाभित्रका ६ वटा सामुदायिक बिद्यालय र २ वटा सामुदायमा आधारित बालबिकास केन्द्रमा भर्ना भएका १२५ जना बिपन्न बालबालिकाहरु लाई टिफिन बक्स बितरण गरिएको हो ।
टिफिन बक्स नहुदा कतिपय बिपन्न परिवारका बालबालिकाहरुले पोलथिनमा समेत खाजा नास्ता ल्याउने गरेको पाईएको हुँदा सुरक्षित दिवा खाजाको लागि टिफिन बकस बितरण गरिएको वडा अध्यक्ष चुर बहादुर खड्काले बताउनु भयो । टिफिन बक्स बितरणले बालबालिकाहरुलाई सुरक्षित खाजा ल्याउन सहयोग पुग्नुका साथै बालबालिकाहरुलाई बिध्यालय आउन प्रेरित गर्ने बिश्वास वडा अध्यक्ष खड्काले ब्यक्त गर्नु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma