Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

बन र खेल मैदान संरक्षणका लागि तारबार


दिपक के.सी.
कपिलवस्तु, असार २६


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समितीले वन क्षेत्र र खेल मैदान संरक्षणका लागि तारबार गरेको छ ।


जयबुद्ध सामाजिक युवा क्लबको खेल मैदान परिसरमा मनकामना सामुदायिक वन र क्लबले तारबार गर्न लागेको हो । खेल मैदान व्यवस्थापन संगै खाली रहेको ठाउँमा बृक्षारोपण गरि बन क्षेत्र संरक्षणका लागी तारबार गरिएको मनकामना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर के.सी.ले बताउनु भयो । करिब २ हेक्टर क्षेत्रफलमा तारबार गरिएको के.सी.ले बताउनु भयो । खेल मैदानमा जथाभावी बस्तुभाउ चरिचरण गराउदाँ मैदान बिग्रने र वृक्षारोपण गरिएका विरुवाहरु पनि पशूचौपायाले खाइदिने हुनाले तारबार गरिएको अध्यक्ष के.सी.ले जानकारी दिनु भयो । खेल मैदान संरक्षण संगै बन व्यवस्थापनका लागि तारबारको काम भएको जयबुद्ध सामाजिक युवा क्लबका केशर थापाले बताउनु भयो । तारबारले वन र खेल मैदानको संरक्षण टेवा पुग्ने थापाले बताउनु भयो ।


करिब ६ लाखको लागतमा तारबार गर्न लागिएको अध्यक्ष के.सी.ले बताउनु भयो । तारबारका लागि सिमेन्टको पोल ५ सय ५० पिस लागेको जसमा १ सय पोल क्लबले प्रदान गरेको छ । करिब ८ सय ३४ किलो काडेतार लगाउनु लागिएको के.सी.ले बताउनु भयो । तारबार गरिसके पछि खेल मैदान छाडेर खाली रहेको ठाँउमा विभिन्न प्रजाती ५ हजार विरुवा रोपिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma