Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

राष्ट्रपति कार्यालयको विज्ञप्ति, ‘सर्वोच्चको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त’

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा ‘संविधान अनुसार नियुक्त गरिएको’ उल्लेख गरे पनि आज भने सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको छ । देउवाको सपथ बेलुकी ६ बजे हुनेछ । देउवासँगै केही मन्त्रीहरुको पनि शपथको तयारी रहेको छ ।

कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेको छ । सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma