Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने

काठमाडौँ– जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ ।

मंगलबार काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ ।

जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।

जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले पनि लगाउन मिल्छ ।

जापानी दूतावासका अनुसार उक्त खोप नेपालले जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा प्राप्त गर्नेछ । यद्यपि खोप आउने तालिका भने अन्तर्राष्ट्रिय संगठनसँगको खरिद सम्झौता पूरा भएपछि मात्र सार्वजनिक गरिने दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma