Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा डाक्टरको लापरवाहीले बालकको ज्यान गयो

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा रहेको शिवराज अस्पताल प्रशासनको लापरवाहीका कारण ५ बर्षका एक बालकको ज्यान गएको छ ।

मंगलबार राति कृष्णनगर १ डुमाई घर भएका मन्टु उपाध्यायको ५ वर्षिय छोरा एस उपाध्याको उपचारका क्रममा ज्यान गएको हो ।

मृतक एस उपाध्यायलाई राति सर्पले डसेको थियो । सर्पले टोकेको थाह पाए पछि उपचारका लागि बालकलाई शिवराज अस्पतालमा लगेपछि उपचारका क्रममा लापरवाही भएको पीडित परिवारले जनाएका छन ।

उपचारका क्रममा अस्पतालका अहेव योगेश चन्द्र वि.क.ले लापरवाहि गर्दा बालकको मृत्यु भएको पीडित परिवारका सदस्य गुड्डु उपाध्यले बताउनु भयो ।

इमेर्जेन्सी वाडमा भर्ना गरेर उपचारमा संलग्न भएका अहेव वि.क.ले उपचार भन्दा धेरै मोबाइलमा कुराकानी तिर ध्यान दिदा बालकले ज्यान गुमाउनु परेको मृतकका परिवारले आरोप लगाएका छन ।

अस्पतालमा कार्यरत कर्मचारीको र प्रशासनको लापरवाहिले आफ्नो छोराको ज्यान गएको भन्दै परिवारले लापरवाहि गर्ने कर्मचारीलाई कारबाहि गर्न माग गरेको छ ।

अस्पताल व्यवस्थापन समितिले पनि बालकको उपचारमा कम्जोरी भएको भन्दै दुई जना कर्मचारीलाई कारवाहि गरेको छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कृष्णनगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

पीडित परिवारले सघंर्ष समिति गठन गरि दोषिलाई कार्वाही गर्न माग गरेका छन ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष र पिडित परिवारको छलफलले अहेब योगेश विश्वकर्मा र कार्यालय सहयोगी टेकनारायण थारुलाई कारबार्हि गर्दै नगरपालिका तानेको शाहले बताउनु भयो ।

यस्तै अस्पतालका कार्यबाहक अध्यक्ष निर्भय सिंहको पद खोसिएको छ । भोलेन्टीयरको रुपमा अस्पतालमा कार्यरत बादल सिंहलाई अस्पताल प्रवेश रोक समेत लगाइएको छ ।

स्वास्थ्य विमा संयोजक अरुण कुमार चौधरीलाई कार्वाही गर्दै नगरपालिका तानिएको अस्पतालका अध्यक्ष रजत प्रताप शाहले जानकारी दिनुभयो ।

दोषि उपर छानबिन गरी पीडितलाई न्याय दिनु पर्ने अस्पताल विकास समितिका पुर्व अध्यक्ष दिपक शुक्लले बताउनु भयो । उहाले भन्नु भयो “यस्तो ज्यानै जाने गरी भएका घाटनाले अस्पताल प्रति नागरिकको विश्वास घट्छ, त्यसैले छनविन हुनुपर्छ ” ।

बालकको ज्यान गएपछि स्थानीय युवाहरु समेत अस्पताल प्रति अक्रोस ब्यक्त गरेका छन ।

घटनाको सत्यतथ्य छनविन र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीय युवा नवाब शाहले बताउनु भयो । यदि अस्पतालले पीडितलाई न्याय नदिए सशक्त आन्दोलन गर्ने युवानेता शाहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma