Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सडक अतिक्रमण हटाउन सक्रिय बन्दै नगरपालिका

सुचना कार्यान्वयन नगरेको भन्दै दुई दिन अघि समाचार प्रकाशित भएपछि शिवराज नगरपालिका संक्रिय भएको छ । नगरपालिकाले गत असार २३ गते एक हप्ताको समय दिदै सडकमा रहेका संरचना हटाउन सुचना जारि गरेको थियो । ती हप्ता वितिसक्दा पनि कार्यान्वयन हुन सकेको थिएन । विहिवार शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।
जिल्लाको शिवराज स्थित चन्द्रौटा क्षेत्र आसपासमा रहेका बजार क्षेत्रको राजमार्गमा सडक अतिक्रमण गरी निर्माण गरी सामग्री राख्ने ,पसल व्यावसाय गर्ने , अटो व्यावसाय संचालन गरी सडक अवरुद्द हुने गरी सवारी पार्क गरी राख्ने ,ठेलामा ब्यावसाय गर्ने राजमार्गमा सडक मिचेर बनाइएको संरचना हटाउन निर्दैशन दिइएको छ ।
नगरपालिकाले सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। पटकपटक लिखित सूचना जारी गर्दा पनि स्थानीय व्यवसायीले अटेर गरेको भन्दै शिवराज नगरपालिकाले आक्रम रुपमा प्रस्तुत भएको छ ।सुचनालाई बेवास्था गर्दै सडक अतिक्रमण गरी ब्यापार गरेपछि बजारलाई स्वास्थ्य हराभरा बनाउन पहिलो पटक अनगमनुुगमनमा निस्केको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
सडक अतिक्रमणका कारण दुर्घटना बढेकाले अतिक्रमित सडक हटाउन सुचना प्रकाशित गरेका थियौं सुचनाको वेवास्ता भएपति आफै खटेर हटाउन निर्देशन दिएको वडा अध्यक्ष अर्जुन बहादुुर पाण्डेले बताउनुभयो ।नगरपालिकाले पटक पटक अतिक्रमित जग्गा खालि गरिदिनहुन अनुरोध गर्दा पनि अटेर गरिरहेको हुँदा नगर उप प्रमुुख शिवकुमारी थारुको अगुवाइम तथा शिवराज नगर पालिकाका शिक्ष शाखा प्रमुख लोक राज पन्थी, वडा न ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे , वडा सदस्य खगि सुुनार , ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,ईलाका प्रहरी कार्यलय चन्द्रौटाको टोली र वडा प्रहरी कार्यलय चन्द्रौटाको टोलीले अतिक्रमित सडक हटाउन निर्देशन दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma