Home समाचार शोक सभा सम्पन्न
समाचार

शोक सभा सम्पन्न

चन्द्रौटा,कपिलवस्तु
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवराज नगरकमिटिको आयोजनामा शोक सभा सम्पन्न गरेको छ । माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि को आमा उमा कुमारी खत्रीको निधन प्रति शोक व्यक्त गर्दै उहाँको योगदानलाई स्मरण गरिएको छ ।
शिवराज नगरपालिका वडा १ कलौनि उहाँको निवासमा आयोजित सभामा बोल्ने वक्ताहरुले आमाले पाटीलाई गरेको योगदानको उच्च सम्मान गर्दै उहाँका छोराहरुले देश र समाजको लागि गरेका काम उदाहरणिय रहेको बताइएको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु शाहले धेरै पहिला देखि नै पार्टीका गतिविधिमा परिवारले महत्वपूूर्ण सहयोग पुरयाएको बताउनुभयो ।
राणा शासन विरुद्धमा उभिएर दमन र शोसणालाई अन्तयको लागि धेरै योगदान गर्नुभएका उहाँका श्रीमानलाई सहयोग गरेकोले योगदान उच्च रहेको बताउनुभयो । शाहले उहाँका छोराहरु कुनै न कुनै तवरले समाज सुधारमा लागेको प्रति धन्यवाद दिनुभयो । कार्यक्रममा नेताहरु चुुर बहादुर खड्का,नारायण भुसाल,दिनेश पुनले परिवारप्रति समेवदना प्रकट गर्दै मृत आत्मको चिरशान्तीको कामना गरेका थिए । १९८८ मा जन्मनुभएकी खत्रीको ९० वर्षको उमेरमा साउन १७ गते निधन भएको थियो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर